समसामयिक :

पूर्व मेयर सरावगीले नेकपा एमालेबाट दिए राजीनामा

शुक्रबार, वैशाख २८, २०८१

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगीले नेकपा एमालेबाट राजीनामा दिएका छन् । उनले नेकपा एमालेको केन्द्रीय समितिका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । 

२०७८ साल मंसिरदेखि सक्रिय रुपमा एमाले पार्टीमा लागेपनि पार्टीको केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको प्रति उनको असन्तुष्टी उनको राजीनामा पत्रमा देखिन्छ ।

उनले लेखेका छन्, ‘हाल मलाई पार्टीको केन्द्रीय सल्लाहकार पदमा मनोनित गरिएको छ । म सक्रिय राजनीतिमा लागेपछि पार्टीभित्र मेरो हैसियत अनुसारको भूमिका रहने अपेक्षा मैले लिएको थिए ।’ 

केन्द्रीय सल्लाहकारमा राखेर पार्टीले राजनीतिमा सक्रिय भन्दा पनि निस्क्रिय बनाएर राख्ने अवस्था देखिएकाले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सरावगीले बताएका छन् ।

साथै उनले राजीनामा स्वीकृत गर्न पनि अनुरोध गरेका छन् । राजीनामा स्वीकृत भएसँगै स्वतन्त्र रुपमा जनताको बीचमा गएर काम गर्ने पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

6ceb38c5-1784-4923-a72b-6c24ce08c7c6-1715326892.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय