भारतमा लोकसभा चुनाव :

आजदेखि जयनगर–जनकपुर–भंगहा रेल सेवा तीन दिन बन्द हुने

भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल
आइतबार, वैशाख २३, २०८१

वीरगञ्ज । जयनगर–जनकपुर–भंगहा रेल सेवा आजदेखि तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गर्न लागेकाले जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगाडि बोर्डर सिल गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले सूचना जारी गर्दै आइतवारदेखि मंगलवारसम्म तीन दिन जयनग–जनकपुर–भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिए । 

इन्डो नेपाल अन्तर्राष्ट्रीय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको निर्णय अनुसार रेलसेवा तीन दिन बन्द गरिएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय