स्वास्थ्य :

नेशनल मेडिकल कलेजले आयोजना गरेको निःशुल्क शिविरबाट ७१९ जना लाभान्वित

बुधबार, वैशाख १९, २०८१

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । 

पटेलनगरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा आयोजित शिविरमा १८७ जना पुरुष, १५७ जना महिला र ३७५ जना बालबालिका गरी ७ सय १९ को स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधि वितरणपनि गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए । 

शिविरमा जेनरल मेडिसिन, गाइनो, अर्थोपेडिक, दाँत, नाक, कान, घाँटी, मुटु,छाला लगायतका समस्याको चेकजाँच गरिएको थियो ।

शिविरमा नेशनल मेडिकल कलजेका डाक्टर प्रवेज अन्सारी, डाक्टर प्रवीण साह, डाक्टर ओमप्रकाश पडित, डाक्टर अभिनाष सिंह, डाक्टर फिरोज अन्सारी , डाक्टर श्वाती साह, डाक्टर सन्जिव लगायतका चिकित्सकको टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
 
शिविरको उद्घाटन हिमाल डिष्टिलरी प्रालिका जेनरल म्यानेजर नवीन उपाध्यायले गरेका थिए । शिविरमा नेशनल मेडिकल कलेजका प्रशासन अधिकृत शेख फिरोजकोपनि उपस्थिती थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय