लागु औषध :

पिकअपमा फल्स सिलिङ बनाई लागु औषध ओसारपसार प्रहरीद्धारा दुईजना पक्राउ

सोमबार, चैत २६, २०८०

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धीत लागुऔषध सहित वीरगञ्जबाट दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने वर्ष २१ को विष्णु पटेल र वर्ष २० को राजन यादव रहेका छन । प्रहरीले उनीहरुको साथबाट ठुलो संख्यामा लागुऔषध बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बोखार चौक स्थीत बाट मधेश प्र ०३ ००१ च ७०९८ नम्बरको पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले वेरिएको अवस्थामा प्रतिबन्धित लागुऔषध ३६ सय एम्पुल बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । 
 
भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागु औषध ओसार पसार कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको हाम्रो टोलीले पिकअपलाई रोकी कानूनी रीतपुर्‍याई जाँच गर्दा उक्त पिकअपमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले वेरिएको प्रतिबन्धित लागु औषध नुरफिन १२ सय पिस, फेनारगन १२ सय पिस, डाइजेपाम १२ सय पिस, ओनरेक्स १०० एमएलको ५० बोत्तल, टपेन्टाडोल सय एमजी ट्याब्लेट ३९ पत्तामा ३ सय ९० पिस ट्याब्लेट बरामद भएपछि दुवैजनालाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । पक्राउ परेका दुवैजनामाथी लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय