समसामयिक :

१० वर्षमा देशभरीका कारागारभित्र ६२७ कैदीबन्दीको मृत्यु

सोमबार, चैत २६, २०८०

वीरगञ्ज । देशभरका कारागारमा १० वर्ष भित्रमा ६ सय २७ कैदीबन्दीले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा ६ सय २७ कैदीबन्दीले ज्यान गुमाएको बताइएको छ ।

आर्थिक वर्ष २०७०र७१ देखि आर्थिक वर्ष २०७९र८० सम्मको अवधिमा ६२७ कैदीबन्दीले ज्यान गुमाएका छन् । त्यसमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाको कारागारमा कैदीबन्दीले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकाको डिल्लीबजार कारागार, केन्द्रीय कारागार सुन्धारा र ललितपुरको नख्खु कारागारका २९४ कैदीको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

उपत्यकाकै कारागारमा सबैभन्दा बढी मृत्युको दर हुनुमा उपचार नै नपाएर भन्दा पनि कालगतिले मृत्यु भएको बुझ्नु पर्ने दाबी कारागार व्यवस्थापन विभागका निर्देशक समेत रहेका प्रवक्ता कमलप्रसाद पाण्डेले दाबी गरे ।

‘उपत्यकामा अस्पतालको खाँचो हुने भएन । पुर्‍याउन पनि समय लाग्ने भएन । यति हुँदा पनि मृत्युको दर बढी हुनुलाई स्वाभाविक मृत्युसँग जोडेर हेर्नुपर्छ’, पाण्डेले भने ।

त्यसपछि सबैभन्दा बढी कोशी प्रदेश अन्तर्गतका कारागारमा १५५ जना कैदीबन्दीको मृत्यु भएको छ । कोशी प्रदेशका १४ कारागारमध्ये पनि मोरङ कागारमा बढी कैन्दीबन्दीको मृत्यु भएको पाइएको छ ।

मोरङमा २०७८ सालमा एक वर्षको अवधिमा मात्रै १९ जना कैदीबन्दीको मृत्यु भएको थियो । मतृक एक कैदीबन्दीको पनि पोष्टमार्टम नभएको भन्दै त्यतिबेला कारागार प्रशासनको आलोचना समेत भएको थियो ।

त्यसैगरी पछिल्लो १० वर्षको अवधिमा बागमती प्रदेश अन्तर्गतका कारागारमा रहेका ६१ जना कैदीबन्दीले ज्यान गुमाएका छन् ।

मधेश प्रदेश अन्तर्गतका कारागारमा रहेका ५० जना, लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका कारागारहरुमा २९ जना, गण्डकी प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा १२ जना, सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला कारागारका ६ जना र कर्णाली प्रदेश अन्तर्गत जिल्लाका कारागारहरुमा २ जना गरी पछिल्लो १० वर्षको अवधिमा ६२७ कैदीबन्दीको मृत्यु भएको पाइएको छ ।

मृत्यु भएकामध्ये १८ जना महिला र ६०९ जना पुरुष छन् । उनीहरु मध्ये केहीको हत्या भएको छ केहीको कालगतीले मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय