रंगशाला निरीक्षण :

खेलकुद मन्त्री श्रेष्ठले गरे नारायणी रंगशालाको स्थलगत अनुगमन तथा निरीक्षण

आइतबार, चैत २५, २०८०

वीरगञ्ज । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जीर्ण अवस्थामा रहेको वीरगन्जको नारायणी रंगशालाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। 

आइतबार बिहान मन्त्री श्रेष्ठले रंगशालाको स्थलगत निरीक्षण गर्दै अब व्यक्तिवादी नभएर विधि बनाएर नीतिगत विकास गर्न आफूहरू नेतृत्वमा आएको बताए।

उनले आजको दिनको खेलाडी राजनीतिक चंगुलमा गएकाले अब विधि बनाएर अगाडि बढेपछि मात्र खेल जगतको विकास हुने बताए। साथै उनले अब पूर्वाधारलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने बताए। 

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विगत लामो समयदेखि संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनर्निर्माणका लागि उपेक्षा गरेको गुनासो गरे।
 
जीर्ण अवस्थामा रहेको रंगशालालाई व्यवस्थित र स्तरोन्नति गर्न सरकारसँग महानगर हातेमालो गर्न तयार रहेको मेयर सिंहले बताए। नारायणी रंगशालाको स्तरोन्नति नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवारले बताए। 

यस्तै, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनीष सिंहले नारायणी क्रिकेट रंगशाला बनाउन र बाँकी रहेको मुआब्जा वितरण गर्नका लागि पनि मन्त्रीको ध्यानाकर्षण गराए। 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय