भन्सार छली :

भन्सार छली भित्रयाइएको लत्ता कपडा तथा भैंसी नियन्त्रणमा

बिहीबार, चैत १५, २०८०

वीरगञ्ज । पर्सा प्रहरीले अवैधरुपमा भन्सार छली भित्रयाइएको लत्ता कपडा तथा दुहुनो भैंसी सहित पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ । 

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया स्थीतबाट अवैधरुपमा भन्सार छली भित्रयाइएको ४ लाख ५१ हजार रुपैया बराबरको कुर्ता सुरुवाल,कार्पेट र कुर्ता सुरुवाल बनाउने थान कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रव्क्ता प्रहरी नायव उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । 

यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुर चौक स्थीतबाट ना ५ च ३३८६ नम्बरको पिकअप गाडीबाट दुहुनो भैंसी २ वटा र १ वटा पाडा सहित भैंसी साहुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विषेश सुचनाको आधारमा प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली वीरगञ्ज हुदै नवलपरासीतर्फ जादैँ गरेको अवस्थामा वीरगञ्जको परवानिपुरबाट बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी आवश्यक कार्यवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रव्क्ता थापाले जानकारी दिए ।

बरामद गरिएको लत्ता कपडा र भैसी तथा पिकअपको मुल्य २० लाख ९३ हजार रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय