ठगी प्रकरण :

पर्सा प्रहरीको जुक्ती ! निर्दोष थुनामा, ठगलाई उन्मुक्ती

आइतबार, फागुन २०, २०८०

वीरगंज। चिठ्ठा परेको भन्दै विभिन्न अनलाईन संजाल बाट ठगी गरेको यथेष्ट प्रमाण हुदा हुदै एक युवकलाई पर्सा प्रहरीले उन्मुक्ति दिएको घटना प्रकाशमा आएको छ ।

वीरगन्ज महानगरपालिका - २४ रामगढवा निवासी २७ बर्षीय रन्जित कुमार कुर्मीले दाङ जिल्ला निवासी सीता ढुंगानाबाट आफ्नो खातामा पटक पटक ६ लाख भन्दाबढी रकम लिएर ठगि गरेको प्रष्ट प्रमाण र जाहेरी हुला पनि प्रहरीले उनलाई मिलोमतोमा जोगाई दिएको छ ।

करिब एक महिना अगाडि ढुंगानाले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा आफु ठगिएको भन्दै जाहेरी दिइन् । 

उनलाई वीरगन्ज महानगरपालिका - २४ रामगढवा निवासी २७ बर्षीय रन्जित कुमार कुर्मीले ठगी गरेको जाहेरीमा उल्लेख थियो ।

ढुंगानाले जाहेरी दिएको केही दिनमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी परेका ब्यक्तिलाई पक्राउ गर्न परिपत्र गरेको थियो । 

जाहेरीकर्ता ढुंगानाका अनुसार ठगी मुद्दामा जाहेरी परेको आधारमा केहि दिन मै रन्जितलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो । 

प्रहरी हिरासतमा पुगेका रन्जितले एभरेस्ट बैंक लिमिटेडको आफ्नो खातामा पटकपटक गरेर करिब ६ लाख ३५ हजार जम्मा गर्न लगाएका थिए । 

स्रोतका अनुसार जाहेरीकर्ताले जम्मा गरेको रकम ठगी गरेका रन्जितले खाताको रकम निकालेपछि खातामा आएको रकम मध्ये चार लाख ५० झिकिसकेपछि ढुंगानाले उनको खाता रोक्न लगाएकी थिइन् । 

प्रहरी स्रोतका अनुसार ठगी गरेको आरोपमा पक्राउ परेका रन्जितले जाहेरीकर्ता ढुंगाना संग लिएको रकम उनले प्रहरीको रोहवरमा फर्काएका थिए । 

उनले जाहेरीकर्ता ढुंगाना संग रन्जितले कुन प्रयोजनका लागि रकम लिएका हुन भन्ने प्रहरी अनुसन्धानमा अहिलेसम्म खुल्न सकेको छैन । 

जाहेरीकर्ता ढुंगाना संग कुनै सम्बन्ध नरहेका ब्यक्तिले उनी संग खातामा रकम जम्मा गर्न लगाएर प्रहरीको रोहवरमा फिर्ता गर्न लगाएर उन्मुक्ति दिईएको छ । 

स्रोतका अनुसार जाहेरीको आधारमा पक्राउ परेका रन्जित ठगेको रकम मध्ये चार लाख ५० हजार रकम फिर्ता गरेर प्रहरी हिरासतमा उन्मुक्ति पाए । 

जाहेरी कर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका रन्जितलाई प्रहरीले मुद्दा चलाउनु साटो उन्मुक्ति दिएको प्रहरी स्रोतले जनाएको छ । 

प्रहरी हिरासतमा पुगेका रन्जितलाई ठगी गरेको प्रमाण हुँदा हुदैपनि उन्मुक्ति दिन एकजना निर्दोषलाई भने प्रहरीले हिरासतमा राखेको छ । 

संग्लन नभएका यादव कसरी हिरासतमा पुगे ? 

प्रहरीले यो कारोबारमा संग्लन नै नभएको भारतीय नागरिकलाई मुख्य योजनाकार बनाएर प्रहरी हिरासतमा राखेको फेला परेको छ ।  

जाहेरीकर्ताका अनुसार यो बैंकिङ कारोबारमा संग्लन नै नभएका ब्यक्तिलाई हिरासतमा राखेको फेला परेको हो । 

ठगी गरेका रन्जितले आफू ठगी मुद्दा बाट जोगिन भारत बिहार पुर्वी चम्पारणका बेलवा निवासी ३६ बर्षका कवल किशोर यादवलाई प्रहरी हिरासतमा पुर्याएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार रन्जितले आफू जोगिन आफ्नो चिनजान रहेका यादवलाई विगत १९ दिन अगाडि हिरासतमा राख्न लगाएर आफू जोगिएको फेला परेको हो । 

प्रहरी हिरासतमा पुगेका यादव विरुद्ध प्रहरीले सार्वजनिक शान्ति भंग गरेको कसुरमा अभद्र ब्यवहार मुद्दामा लगाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार ठगी गरेको ब्यक्तिलाई उन्मुक्ति दिन प्रहरीले यादवलाई पक्राउ गरेर हिरासतमा राखेको अवस्था छ । 

यता पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जाहेरीकर्ता ढुंगाना संग रकम लिएका रन्जितको मुख्य योजनाकार प्रहरी हिरासतमा रहेका कवलकिशोर रहेको बताए । 

उनका अनुसार जाहेरीकर्ताले प्रहरी हिरासतमा रहेका कवलकिशोरको निर्देशनमा रन्जितलाई पैसा हाल्न लगाएको देखिएको छ । 

प्रहरी नायब उपरीक्षक थापाले प्रहरी हिरासतमा रहेका कवलकिशोरले रन्जितको खातामा आएको रकम आफुले भनेर आफ्नो चिनजानको ब्यक्तिलाई पठाउन लगाएको देखिएको बताए । 

तर उक्त मुद्दामा कवलकिशोरलाई १९ दिन देखि प्रहरी हिरासतमा राख्दा समेत उक्त मुद्दामा प्रहरीले उनको संग्लनको प्रमाण जुटाउन नसकेको स्रोतले जनाएको छ  ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय