भन्सार छली :

पर्सा प्रहरीद्वारा भन्सार छलीका १० लाखको सामान बरामद

शनिबार, फागुन १२, २०८०

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर ल्याइएका १० लाख भन्दा बढी मूल्य बराबरको सामग्री बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकस्थित सडकखण्डबाट प्रहरीले १० लाख ४ हजार ४ सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर ल्याइएको लत्ता कपडा, बिरियानी पकाउने भाँडा, तथा अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार ९४८ पिस लेडिज कुर्ता सुरवाल, ५ थान बिरियानी पकाउने भाँडा, २ पिस ठूलो भट्टी, २ थान सानो बाटी लगायतका सामग्री बरामद गरिएको हो । 

बरामद सामग्रीलाई आवश्यक कार्यवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय