समसामयिक :

वीरगञ्जमा तनाव पछी अनिश्चितकालीन कर्फ्यू आदेश, झडपमा परी ११ प्रहरी घाईते

सोमबार, फागुन ७, २०८०

वीरगञ्ज। रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो।

वीरगञ्ज झडपमा परी नेपाल प्रहरीका ९ र सशस्त्र प्रहरीका २ जना गरी ११ जना प्रहरी घाईते भएका छन। उनिहरूको वीरगंजको नारायणी अस्पतालमा उपचार भईरहेको छ । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेका छन् ।

तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा 'नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ ।

ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

गत बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको बिषयलाई लिएर सोमबार वीरगञ्जमा पनि सर्वसाधारणले विरोध जुलुस निकालेका थिए । त्यसक्रममा दुई पक्षबीच विवाद र झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

'सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जाने स्थिति देखिएकोले कर्फ्यू लगाइएको छ,' प्रमुख जिल्ला अधिकारी भुसालले भनेका छन् ।

FB_IMG_17083399295451708347995.jpg

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय