स्वास्थ्य :

कलैया अस्पतालमा डाईलोसिस र इन्डोस्कोपी सेवा शुरू, मुख्यमंत्री यादवले गरे उद्घाटन

बिहीबार, फागुन ३, २०८०

बारा । बाराको कलैयामा रहेको  प्रादेशिक अस्पतालमा लामो समय पछी डाईलोसिस र इन्डोस्कोपी सेवाहरु सुचारु भएको छ।

एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले  अस्पतालमा रहेको तीनवटा वार्डहरुको उद्घाटन गरेपछि अस्पतालबाट प्रदान गरिने थप सेवाहरु संचालनमा आएको छ।

मुख्यमन्त्री यादवले अस्पतालमा डाइलोसिस, इन्डोस्कोपी र नवजात शिशुहरुको लागी एनआईसियु वार्डहरुको उदघाटन गरे संगै तिनवटै वाडहरुको सेवा सुचारु भएको छ।

मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुदा कलैयामा रहेको अस्पताललाई स्तर उन्नति गरि ५० शैया बनाएको र त्यसपछि आफैले १०० शैयाको अस्पताल  बनाएको भन्दै हरेक जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गर्नको लागि मैले आवस्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय गुप्ताले डाइलोसिस सेवा शुरु भए संगै दैनिक १५ जना असहाय गरिब बिपन्न बर्गकाले सेवाहरु प्राप्त गर्न सकिने बताए।

मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गर्नु भएको थियो ।

अनुगमनको क्रममा मुख्यमन्त्रीलाई  अस्पतालको बारेमा केही कुरा राख्दै  मेसु गुप्ताले अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनहरु उपलब्ध गराईदिन आग्रह समेत गरेका छन ।

प्रादेशिक अस्पताल कलैयाले अब चाहिने सबै सेवा सुबिधाहरु बिस्तारै प्रवाह गर्दै जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुप्ताले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय