खेलकूद :

विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको अध्यक्ष तिवारीद्वारा उद्घाटन

शुक्रबार, माघ १९, २०८०

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा  विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको समुद्घाटन भएको छ ।

‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बीच गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रमुख अथिति अध्यक्ष तिवारीले विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो ।

आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडी विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

आज देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता आउँदो २४ गते सम्म हुने गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताउनु भयो ।

यो खेलमा गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका छन् । 

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा तीन किसिमका खेल भइरहेको छ ।

प्रतियोगितामा म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी छन् भने शोर्ट फुटमा ५ वटा विद्यालय र जेब्लिङ थ्रो -  ५ विद्यालय सहभागी भएका छन् । 

उद्घाटन दिन भएको खेलमा म्युजिकल शेयर तर्फको खेलमा छात्र टीमबाट झौवा मावि प्रथम  , दलित प्राथमिक विद्यालय इटीयाहि  दोश्रो र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमरपट्टी तेश्रो भएको हो ।

त्यस्तै छात्रा तर्फको खेलमा प्रा वि प्रसौनी प्रथम , प्रावि मध्वल दोश्रो र  भगवती बागड प्रावि गर्दौल तेश्रो भएको हो ।

शर्तफुट तर्फको खेलमा छात्र टीमबाट मावि झौव प्रथम , मसुरुर आधारभूत विद्यालय प्रसौनी दोश्रो र मावि बहुवर्वा तेश्रो भएको हो र  छात्रा तर्फको खेलमा मावि झौवा प्रथम , मसुरुर आधारभूत विद्यालय प्रसौनी दोश्रो र  मावि बहुवर्वा तेश्रो भएको हो ।

जेबलिङ तर्फको खेलमा छात्र टीमबाट मसुरुर आधारभूत विद्यालय प्रसौनी प्रथम , मावि झौंवा दोश्रो र मा वि बहुवर्वा तेश्रो भएको हो ।

त्यस्तै छात्रा तर्फको खेलमा स्काउट निमावि इटीयाहि प्रथम , मावि झौवाँ दोश्रो रमावि बहुवर्वा तेश्रो भएको हो ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा , इलाका प्रहरी कार्यालय पोखरीया पर्साका प्रहरी निरीक्षक मोहन बिक्रम केसी ,

शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल , गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक , शिक्षक , शिक्षिका , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गर्नु भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय