समसामयिक :

युवा तथा खेलकुद मन्त्रालयको प्रदेश पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार यादवलाई

आइतबार, माघ १४, २०८०

वीरगन्ज । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन । 

नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवले अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको हातबाट उक्त पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले खेलकुद क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । 

मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा मधेश प्रदेशबाट यादवलाई छनोट गरेको छ। पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र छ। 

यादव नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष हुन । उनी एक दशक देखि पत्रकारितामा क्रियाशील छन्।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय