समसामयिक :

वीरगञ्जका श्रमजीवी पत्रकारका लागि आपतकालीन कोष खडा गर्ने निर्णय

शुक्रबार, माघ १२, २०८०

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

वीरगञ्जका श्रमजीवी पत्रकारहरुका लागि आपतकालीन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन कोष निर्माण गर्ने निर्णय भएको समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।

बैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष सञ्चालनको कार्यविधि समेत बनाउने निर्णय गरेको छ ।

महानगरपालिकाले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

बैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय