समसामयिक :

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

शुक्रबार, माघ १२, २०८०

बारा।  बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रीय एकता अभियान बाराको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । 

कार्यक्रम संयोजक तथा समाजसेवी हरि प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै एकबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

साथै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामका बारेमा चर्चा गरे ।

पोखरा अंतराष्ट्रीय विमानस्थलको ऋणलाई नेपाल सरकारले चीन सङ्ग बार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको जिकीर गर्नु भएको थियो।

बिआरआई ऋणजाल फसाई चीनले तिब्बत जस्तै नेपाललाई आफ्नो अधीनमा पार्न खोजेको आरोप समेत लगाउनु भएको थियो।

कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकारिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारी अध्यक्ष मुना खरेल, मानवाधिकार कर्मी  लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबू साह, प्राध्यापक अनिल चौधरी लगायतले आफनो धारणा राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय