दुर्घटना :

मोटरसाइकल दुर्घटनामा एमबिबिएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

आइतबार, माघ ७, २०८०

वीरगञ्ज। वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत दुईजना विद्यार्थीको आइतबार बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ।

वीरगन्ज– १५ भिस्वाको जिल्ला आयुर्वेद अस्पतालनजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए।

मृतक दुवैजना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रवक्ता थापाले बताए।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए। 

मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उनले बताए।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय