सुरक्षा तथा अपराध :

बारामा लगाइएको ७ कट्ठा गाँजाखेती प्रहरीद्वारा नष्ट

आइतबार, पुस २२, २०८०

बारा । बारामा लगाइएको ७ कट्ठा गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। 

इलाका प्रहरी कार्यालय नीजगढबाट खटिएको प्रहरीको टोलीले दुई स्थानमा गरी ७ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाजाको बोट फडानी गरी नष्ट गरेको हो।

नीजगढ नगरपालिका वडा नम्बर १२ भक्तलालमा ४ कठ्ठा र कोलगाँउमा ४ कठ्ठा गरी ७ कट्ठा गाँजाखेती फडानी गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुलाई पनि पक्राउ गरिने उनले बताए।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय