राजनीति :

एमाले निकट पिछडावर्गको संगठन बिस्तार अभियान, एकै दिन दुई ठाँउमा कमिटी गठन

आइतबार, पुस १५, २०८०

वीरगन्ज । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघले संगठन बिस्तार कार्यलाई निरन्तरता दिएको छ । 

महासंघले संगठन बिस्तार अभियान अन्तर्गत एकै दिन दुई ठाँउमा कमिटी गठन गरेको हो ।

शनिवार महासंघले मोद नारायण महतोको अध्यक्षतामा ११ सदस्यीय सप्तरी जिल्लाको बिष्णुपुर गाउपालिका कमिटी गठन गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष धनेश्वर मण्डलको अध्यक्षता एवंम केन्द्रीय सचिव अशोक कुमार यादवको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बबिता कुमारी साह, प्रदेश सदस्य अनिल राय, मनोज ठाकुर ललित रजक, जिल्ला कमिटी सदस्य श्याम देब यादब, हरीनारायण यादब, शम्भु महतो, जिबछ मण्डल लगायतको उपस्थिति रहेको थियो । 

यसैगरी महासंघले महेश चौधरीको अध्यक्षतामा ११ सदस्यि बाके जिल्ला कमिटी गठन गरेको हो ।

सो अवसरमा महासंघका केन्द्रिय कमिटीका उपाध्यक्ष बिनोद चौधरी, सचिवालय सदस्य संजय कुमार गुप्ता, लुम्बिनी प्रदेश अध्यक्ष पशुपति यादव लगायतको उपस्थिति रहेको थियो । 

आउदों समयमा पनि संगठन बिस्तार अभियानलाई निरन्तरता दिएर बाकी रहेको जिल्ला, पालिका, लगायत टोल कमिटी समेत गठन गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय