खेलकूद :

प्रोक्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई

शनिबार, पुस १४, २०८०

वीरगञ्ज । वीरगञ्जको नारायणी रंगशालामा जारी प्रोक्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले चुमेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा पर्सा इलेभेनलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी चुमेको हो । 

टस जितेर ब्याटिंग गरेको पुलिस क्लबले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार पारेको हो ।

पुलिस क्लबका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिम ओभरमा लगातार ४ छक्का प्रहार गरेर १७ बलमा ४० रन बनाए । 

त्यस्तै अर्जनु साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र आरिफ शेखले १६ रन बनाए । पुलिस क्लब विरुद्ध पर्सा इलेभेनका सैफुल र पवनले २/२ विकेट लिए भने रुपेश र रन्जितले १/१ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा इलेभेनले ११ ओभर खेलेर ४५ रनमै सबै बिकेट गुमायो । पर्सालाई सस्तैमा समेट्न पुलिस क्लबका सागर ढकाल एक्लैले ४ विकेट लिए । ललित राजवंशी र रशीद खाणकले २ विकेट लिँदा करण केसी र शेरले १/१ विकेट लिए । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय