खेलकूद :

प्रो - क्लब च्याम्पियन टी - २० : सशस्त्र प्रहरी बलले युपी ११ लाई ८ रनले हरायो

शुक्रबार, पुस ६, २०८०

वीरगंज। प्रो - क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा  दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले युपी ११ लाई ८ रनले हराएको छ । 

नारायणी रंगशालामा जारी प्रतियोगितामा युपी ११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९३ रन मात्र जोडेपछि ८ रनले पराजित भएको हो ।

युपी ११ का लागि निखिल प्रतापले ५० बलमा सर्वाधिक ४१ रन बनाए । यस्तै मन्थन प्रसादले ५१ बल खेल्दै ३९ रनको योगदान गरे ।

सशस्त्र प्रहरीको लागि अमरले २ विकेट लिए । उनले  चार ओभरमा १७ रन दिएका थिए ।
अर्का बलर कमल र नारायणले एक - एक विकेटले पाए । कमलले चार ओभरमा १७ रन र नारायणले चार ओभरमा २३ रन दिए । 

यसअघि पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरी बलले १९ ओभरमा अलआउट हुदै एक सय १ रनको जोडेको हो । 

सशस्त्र प्रहरी बलका लागि हरिशंकर साहले ३२ बल खेल्दै ३४ रन बनाएका थिए । 

भने लोकेश बम १० बलमा १५ रन र अमर सिंह राउतले नटआउट २० बल खेल्दै १२ रनको योगदान दिए । 

यस्तै युपी ११ का बलर तरुणले एक्लै ५ विकेट लिएका थिए ।  उनले सशस्त्र प्रहरी बलको खेलाडीलाई कमजोर बनाएका थिए ।

तरुणले ४ ओभरमा १६ रन मात्र दिए ।
अर्को बलर समिमले २ विकेट लिएका थिए । उनले तीन ओभरमा १० रन मात्र खर्चिएका हुन् । 
युपी ११ का बलर अहमद , निखिल र वासीले एक - एक विकेट लिएका थिए । 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दैछन्  ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय