समसामयिक :

पटेर्वा सुगौली गापाले गरेको जमुनिया खोलाको टेन्डर तत्काल रोक्नु पर्ने सखुवाप्रसौनी गापाको मांग

बिहीबार, पुस ५, २०८०

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले गरेकोले यसलाई तुरुन्त रोक्नुपर्ने बताएको छ ।

नेपाल पत्रकार महासंघको सभा हलमा आज पत्रकार सम्मेलनमा सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादवले जमुनिया खोलाको टेन्डरमा पटेर्वा सुगौली गाउँपालिकाले धाधली गरेको आरोप लगाएका छन् ।

 पालिका भित्र पर्ने सो जमुनिया खोलाको बालुवा गिटी र ग्रेबल उत्खनन माथि दादागिरी गरेकोमा यसलाई तुरुन्त रोक्नुपर्ने प्रमुख  यादवले बताए। 

उनले भने तत्कालीन मधुवनमथल गाबीस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएको थियो र सम्पूर्ण प्राकृतिक श्रोत साधन स्तह सखुवा प्रसौनी गाउँपालिका भित्र पर्ने भए पनि आफुखुशी सिमा निर्धारण गरि २०८० कार्तिक ३ गते गरेकोमा आपत्तिजनक रहेको प्रमुख यादवको भनाइ रहेको छ ।

आफुहरुको ६५५ प्रतिशत अधिकार र ३५५ प्रतिशत पटेर्वा सुगौली गाउँपालिकाको भए पनि धाधली तरिकाले टेन्डर गरेकोमा तुरुन्त रोक्न पत्रकार सम्मेलनमार्फत यादवले आग्रह गरेका छन् ।  

दुवै पालिकाको सिमा निधार भए पछि मात्र टेन्डर खोल्नु पर्ने बताए । अहिले कानुनी उपचार पनि खोजी गरिरहेको र सम्बाद पनि गर्ने सम्पूर्ण राजनीतिक दलहरूलाई यादवले अपिल गरेको छ ।  टेन्डर नरोकिए आफुहरुले अवरुद्ध गर्ने चेतावनी सोही पत्रकार सम्मेलनमार्फत अपिल गरेको छ ।

पत्रकार सम्मेलनमा निवर्तमान  गाउँ पालिका अध्यक्ष प्रदिप जैसवाल, वडा नम्बर १ का वडा अध्यक्ष बासुदेव महतो थारू, दिपेन्द्र कडेल,प्रविधिक रामबाबु प्रसाद लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय