समसामयिक :

सशस्त्र प्रहरीद्वारा ५ लाखको कुखुराको चल्ला नष्ट

मंगलबार, पुस ३, २०८०

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले मंगलबार बिहान बरामद गरेको अवैध कुखुराको ७६ कार्टुन चल्ला नष्ट गरिएको छ।

वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नष्ट गरेको हो।

कुखुरा फार्ममा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी संगम श्रेष्ठले जानकारी दिए।

बरामद भएको सात हजार ६ सयवटा अवैध चल्ला पाँच लाख मूल्यबराबरको रहेको श्रेष्ठले बताए।

सो चल्ला नेपाल प्रहरी, पशु क्वारेन्टिन र स्थानीयवासीको रोहवरमा खाल्टो खनी नष्ट गरिएको हो।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय