खेलकूद :

वीरगञ्ज गोल्डकप : फाईनल खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने

बिहीबार, कात्तिक २३, २०८०

वीरगञ्ज। त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो । 

९० मिनेटको निर्धारित समयमा खेलको पहिलो हाफको १ गोल गरेर जितेको हो ।

त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोनले गरेको गोल नै अन्तिम सम्म निर्णायक रहेको थियो । 

त्रिभुवन आर्मी क्लब सुरुको समयदेखि संकटा क्लब माथी हाबि बनेको थियो ।

संकटा क्लबका खेलाडी पटक पटक त्रिभुवन आर्मी क्लबको पोष्टमा बल हानेपनि गोल गर्न सकेका थिएनन् । 

खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई हराएर फाईनलमा प्रवेश गरीसकको छ ।

प्रतियोगितामा शनिबार हुने फाईनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुने आयोजकले जनाएको छ । 

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय