महिला टी-२० क्रिकेट

महिला टी-२० क्रिकेट सिरिज : आज नेपालले आयोजक मलेसियाको सामना गर्दै

शुक्रबार, भदौ ८, २०८०

वीरगञ्ज । मलेसियामा जारी चार देशको महिला टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज आयोजक मलेसियाको सामना गर्दै छ ।

मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।

आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबिच खेल हुँदै छ । कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ ।

नेपाल अहिले २ खेल जितेर ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङकङ र मलेसिया २-२ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

आजको खेलमा विजयी भएमा नेपाल ६ अङ्कका साथ अपराजित रहँदै फाइनल खेल्नेछ । यदि नेपाल पराजित भएमा भने नेटरनरेटमा निर्भर रहनेछ । शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय