वीरगंज।भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान-३ को अवतरण गराउने भारत विश्वकै पहिलो मुलुक बनेको छ ।
भारतीयहरुले पनि यसलाई इतिहास रचेको संज्ञा दिएका छन् । चन्द्रमामा अवतरणसँगै चन्द्रयान-३ ले त्यहाँको अध्ययन गरी थप जानकारी जुटाउनेछ ।
गत १४ जुलाईको दिउँसो २:३५ बजे भारतको श्रीहरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले ४० दिनको यात्रा पूरा गरेर चन्द्रमाको सतहमा सफल अवतरण गरेको हो ।
चन्द्रमामा चन्द्रयान-३ को सफल अवतरणसँगै भारतमा खुसियाली मनाइएको छ । भारतीय प्रधानमन्त्रीले समेत यसलाई मुलुकको सफलताका रुपमा लिएको जनाएका छन् ।
प्रकाशित मिति:
बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
समाज
विशेष खोज
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य


