नेभिगेशन
समाज

अक्षय कुमारले पाए भारतीय नागरिकता

अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

अक्षय कुमारले तस्बिरसँग लेखेका छन्, 'दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।'अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका थिए ।

हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्