नेभिगेशन
समाज
समसामयिक :

चाडपर्व लक्षित अपराध नियन्त्रणमा पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

वीरगञ्ज । नेपालीहरूको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वका समयमा हुने अत्यधिक मानिसको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि र आर्थिक कारोबारलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।

प्रहरीले चाडपर्वका क्रममा अपराधिक घटना, शान्ति सुरक्षामा खलल, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, आतसबाजी गर्ने र ठगीजस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षित तथा मर्यादित रूपमा चाडपर्व मनाउन र कुनै अपराधिक गतिविधि भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरेको छ।

सुरक्षासम्बन्धी जानकारी तथा सहयोगका लागि प्रहरी कन्ट्रोल १००, ९८५५०९०१३६ र ९८५५०९०३२९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्