नेभिगेशन
समाज
समसामयिक :

महानगरमा सिंहको पुनरागमन, ‘नकारात्मकसँगै सकारात्मक काम पनि देखाइदिनुस्’ : मेयर सिंह

वीरगञ्ज । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पुनः पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण कार्यक्रममा बोल्दै मेयर सिंहले आफूले महानगरपालिकामा धेरै सकारात्मक तथा राम्रा कामहरू गरेको दाबी गर्दै पत्रकारहरूले नकारात्मक पक्षलाई मात्र नभई सकारात्मक कामलाई समेत प्राथमिकताका साथ समाचारमा समेटिदिन आग्रह गरे।

उनले आफूले गरेका विकास निर्माण, सेवा प्रवाह तथा जनहितका कामहरूलाई पनि पत्रकारहरूले निष्पक्ष रूपमा जनतासामु पुर्‍याउनुपर्ने बताए।

सकारात्मक कामको पनि उचित प्रचार–प्रसार भएमा महानगरवासीमा विश्वास र उत्साह बढ्ने उनको भनाइ थियो।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार मेयर सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको थियो।

अदालतको फैसलापछि सिंहले महानगरपालिकाको प्रमुखका रूपमा पुनः जिम्मेवारी सम्हालेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्