नेभिगेशन
समाज
समसामयिक :

छठ पूजा व्यवस्थापन समिति स्विमिङ पुल परिसरको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित

वीरगञ्ज । छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा श्री नन्दु ठाकुर निर्वाचित हुनुभएको छ।

समितिको निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २० मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो।

निर्वाचनबाट समितिको उपाध्यक्ष, कोषाध्यक्ष तथा सचिवलगायतका पदमा समेत पदाधिकारी चयन गरिएको छ।

उपाध्यक्षमा ज्ञानेन्द्र सराफ ,विष्णु बहादुर घर्ती र राजेश प्रजापति  चयन हुनुभएको छ। त्यस्तै, कोषाध्यक्षमा सोहेन्द्र यादव र सह कोषाध्यक्षमा अनिल कुमार दास तथा सचिवमा सुभाष महर्जन  र सह सचिवमा जितेन्द्र सर्राफ चयन भएका छ।

नवनिर्वाचित अध्यक्ष ठाकुरले स्विमिङ पुल परिसरमा छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

छठ पर्वको तयारी, घाट व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा श्रद्धालुहरूको सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्