नेभिगेशन
समाज
समसामयिक :

हर्दिया मन्दिर परिसरमा वातावरण संरक्षणका लागि चौतारी पार्क निर्माण

पर्सागढी । वातावरण संरक्षण तथा धार्मिक–सामुदायिक क्षेत्रको सौन्दर्यीकरणलाई लक्षित गर्दै पर्सागढी नगरपालिका–५, हर्दिया मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ।

वन डिभिजन कार्यालय पर्साको वार्षिक कार्यक्रमअन्तर्गत १६ लाखको लागतमा निर्माण गरिएको उक्त चौतारी पार्कको उद्घाटन सवैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष एवम् पर्सागढी नगरपालिकाका नगरसभा सदस्य तथा पूर्व वडा अध्यक्ष असलम आलमले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा वातावरण संरक्षणसँगै सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवर्द्धनमा यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको थियो।

स्थानीयवासी तथा धार्मिक स्थलमा आउने श्रद्धालुहरूका लागि विश्रामस्थलका रूपमा समेत चौतारी पार्क उपयोगी हुने अपेक्षा गरिएको छ।

पार्क निर्माण उपभोक्ता समितिका उपभोक्ता अध्यक्ष रमेश प्रसाद यादव , आमोदिन  हवारी, विरेन्द्र तिवारी, मनमोध यादव लगायत स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्