नेभिगेशन
समाज
समसामयिक :

शान्ति सुरक्षालाई मध्यनजर गर्दै वीरगञ्जमा निषेधाज्ञा थपियो,रोकिएन हिन्दुवादीको प्रदर्शन

वीरगंज- पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिकाको चार किल्लाभित्र १३ घण्टाका लागि थप निषेधाज्ञा जारी गरेका छन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १५ गते साँझ ५ बजेदेखि साउन १६ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। आदेशअनुसार उक्त अवधिमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई सीमा निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्न निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्