वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि कायम गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी भएका २८ जना विद्यार्थीमध्ये ४ जना विशिष्ट श्रेणी सहित सबैजना उत्तीर्ण भएका छन्।
विशिष्ट श्रेणी सहित उत्तीर्ण हुनेहरूमा रेखा कुमारी क्षेत्री 3.92 GPA, रागिनी साह 3.91 GPA, निमेष पण्डित 3.78 GPA र मनिष यादव 3.78 GPA रहेका छन् ।
विद्यालयको यो उपलब्धिलाई गुणस्तरीय शिक्षण, अनुभवी शिक्षक–शिक्षिका, विद्यार्थीको निरन्तर मेहनत तथा अभिभावकको सक्रिय सहयोगको प्रतिफलका रूपमा हेरिएको छ।
विद्यालयकी प्राचार्या आश्मा सिंह यादवले यस सफलताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ।
यही कारणले विद्यालयले वर्षेनी उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको विश्वास व्यक्त गरेको छ।
यस वर्षको एसईई नतिजामा विद्यालयको शतप्रतिशत सफलता विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारका लागि गौरवको विषय बनेको छ।
विद्यालयले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिँदै सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढ्ने जनाएको छ।

