सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
नगरसभाको २०औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले बजेट प्रस्तुत गरेका हुन्।
नयाँ बजेट चालु आर्थिक वर्षको ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँले बढी रहेको छ।
बजेटमध्ये ५४.३ प्रतिशत चालु खर्च, ४४.६ प्रतिशत पुँजीगत खर्च तथा १.१ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
महानगरले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक राजस्व, राजस्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेसन शुल्क, गत वर्षको मौज्दात र नगर विकास कोषबाट खर्च व्यवस्थापन गर्ने जनाएको छ।
आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ।