समसामयिक :

हेटौँडा सडक डिभिजनको चेतावनी : सडक सीमा भित्रका संरचना ५ दिनभित्र हटाउन निर्देशन

मंगलबार, असार २, २०८३

वीरगंज । सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा संरक्षण अभियानलाई तीव्र बनाएको छ।

डिभिजनले सार्वजनिक सूचना जारी गर्दै सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचना, घर तथा व्यवसाय सञ्चालन हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको हो।

सूचनाअनुसार सडक सीमा संरक्षण कार्य सुरु भइसके पनि केही व्यक्तिले सडक सीमाभित्र बसोबास र व्यापार सञ्चालन गरिरहेकाले जोखिम बढेको जनाएको छ।

डिभिजनले यस्ता संरचनामा बसोबास वा व्यापार नगर्न आग्रह गर्दै कुनै अप्रिय घटना भए स्वयं जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ।

साथै सडक सीमाभित्र रहेका बाँकी संरचनाहरू ५ दिनभित्र स्वयं हटाउन अनुरोध गरिएको छ।

अन्यथा सडक ऐन, २०३१ बमोजिम डिभिजन आफैंले संरचना हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १०:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय