सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज-वीरगञ्ज महानगरपालिकाले सडक विस्तारलाई तीव्रता दिँदै वीरगंज १२-१३ मुर्ली क्षेत्रका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
वडा नं. १२ र १३ अन्तर्गत पर्ने बाइपास क्षेत्रको नेपाल आयल निगमदेखि मुर्ली चौकसम्मको सडक फराकिलो बनाउने काम भइरहेको महानगरले जनाएको छ।
महानगरका अनुसार सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर क्षेत्रभित्र पर्ने घर तथा अन्य संरचना हटाउनुपर्नेछ।
यसअघि नै केही निर्माण सम्पन्न भइसकेको भए पनि बाँकी काम अगाडि बढाउन अवरोध देखिएकाले पुनः सूचना जारी गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार सम्बन्धित क्षेत्रका बासिन्दाले सूचना प्रकाशित भएको मितिबाट २४ घण्टाभित्र (सोमबार दिउँसो ३ बजेसम्म) आफ्ना संरचना खाली गर्नुपर्नेछ।
अन्यथा महानगरले डोजर प्रयोग गरी हटाउने चेतावनी दिएको छ।
महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले सडक विस्तार नगरको विकासका लागि आवश्यक भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।