नेभिगेशन
समाज
समसामयिक :

वीरगन्जमा सडक विस्तार अभियान: गण्डकदेखि मितेरी पुलसम्म संरचना हटाउन सुरु

वीरगंज- पर्साको वीरगन्जस्थित त्रिभुवन राजपथ अन्तर्गत पर्ने २५/२५ मिटर क्षेत्रभित्रका संरचना हटाउने कार्य आज बिहानैदेखि सुरु गरिएको छ।

गण्डकदेखि मितेरी पुलसम्मको सडक खण्डमा दायाँ–बायाँ रहेका अवैध तथा मापदण्ड विपरीतका संरचनामा डोजर प्रयोग गरी भत्काउने अभियान अघि बढाइएको हो।

सडक विस्तार तथा यातायात व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले स्थानीय प्रशासन र सम्बन्धित निकायको समन्वयमा यो अभियान सञ्चालन गरिएको जनाइएको छ।

सडक क्षेत्रभित्र अनधिकृत रूपमा बनेका घर, पसल तथा टहरा हटाइँदै छन्।

अभियानका कारण केही स्थानमा तनावको अवस्था समेत सिर्जना भएको भए पनि सुरक्षाकर्मीको उपस्थितिमा कार्य जारी रहेको छ।

प्रशासनले यस कार्यलाई दीर्घकालीन रूपमा ट्राफिक जाम नियन्त्रण र शहरको सुन्दरीकरणका लागि आवश्यक कदम भएको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्