समसामयिक :

अन्तर्राष्ट्रिय मूल्य बढ्दा नेपालमा पनि पेट्रोलियम पदार्थ महँगियो

सोमबार, चैत २, २०८२

वीरगंज - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ।

निगमका अनुसार आज बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको हो।

अब पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७३ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण बाध्य भएर मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

साथै हालको मूल्य वृद्धिपछि पनि निगमलाई मासिक रूपमा करिब ३ अर्ब १३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय