अभाव :

एलपी ग्यास अभाव रोक्न निगमको निर्णय: केही समय आधा सिलिन्डर बिक्री गरिने

बिहीबार, फागुन २८, २०८२

वीरगंज । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न नयाँ निर्णय गरेको छ।

निगमले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको माग बढेपछि केही समयका लागि आधा भराइ सिलिन्डर बिक्री गर्ने व्यवस्था गरिएको जनाएको छ।

निगमका अनुसार पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको माग अत्यधिक बढेको छ।

यसबीच मध्यपूर्व क्षेत्रमा भएको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा अन्तर्राष्ट्रिय रूपमा असर परेको पनि निगमले जनाएको छ।

भारतमा समेत उपभोक्ताले ग्यास पाउन समस्या भइरहेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको देखिएको निगमको भनाइ छ।

हालको अवस्थालाई ध्यानमा राख्दै ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित गर्न निगमले फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरेको आधा सिलिन्डर प्रतिगोटा रु. ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।

निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय