सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पर्सा जिल्लाभर प्रतिनिधिसभा सदस्यका लागि आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ।
जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।
कतिपय केन्द्रहरूमा मतदाताहरू लामबद्ध भएर आफ्नो पालो कुरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सबै मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्थाका बीच मतदान सञ्चालन भइरहेको छ।
सुरक्षा निकाय तथा प्रशासनिक टोलीले जिल्लाभर निरन्तर अनुगमन गरिरहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाभर मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको जानकारी दिएका छन्।
उनले हालसम्म कुनै पनि अप्रिय घटना नभएको र सम्पूर्ण मतदान केन्द्रहरूमा प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको बताए।
“सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। हामी निरन्तर फिल्डमै छौं र अवस्थाको अनुगमन गरिरहेका छौ ।
केन्द्रबाट विवरण संकलन भइरहेको छ, सबै डाटा प्राप्त भएपछि मात्रै स्पष्ट तथ्यांक सार्वजनिक हुनेछ।”
आज देशभर प्रतिनिधिसभा सदस्य पदका लागि मतदान भइरहेको छ। मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।