Tihar Banner
Tihar Banner
नेभिगेशन
अर्थ वाणिज्य
फागु पुर्णिमा :

होलीको उमंगले तराई–मधेस रंगिन, सुरक्षाकर्मी चौकस

वीरगंज-आज तराई–मधेसका विभिन्न जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ।

बिहानैदेखि बालबालिका, युवा र वृद्ध सबैले रंग र अबिर खेल्दै आपसमा शुभकामना आदान–प्रदान गरिरहेका छन्।

बजार, चोक र बस्तीहरूमा उत्साहपूर्ण वातावरण देखिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले होलीलाई शान्तिपूर्ण र मर्यादित बनाउन विशेष सुरक्षा व्यवस्था मिलाएको छ।

भीडभाड हुने स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि नगर्न र जबरजस्ती रंग नदल्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले पनि निगरानी बढाएको छ। हेल्मेट बिना सवारी नचलाउन र तीव्र गतिमा सवारी साधन नहाक्न चेतावनी दिइएको छ।

स्थानीय तह र सामाजिक संघ–संस्थाहरूले सभ्य र सुरक्षित रूपमा होली मनाउन अपिल गरेका छन्।

तराई–मधेसमा आज सार्वजनिक बिदा समेत दिइएको छ। होली पर्वले आपसी सद्भाव, भाइचारा र एकताको सन्देश दिने विश्वास गरिएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्