सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज- प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लाका सबै नाकाहरु आज राति १२ बजेदेखि अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सीले सूचना जारी गर्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सिमानामा कडाइ गरिएको जनाएको छ।
प्रशासनका अनुसार निर्वाचन अवधिभर अत्यावश्यक बाहेकका आवतजावतमा रोक लगाइनेछ।
सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने सिमानाका मुख्य नाकाहरुमा थप सुरक्षाकर्मी परिचालन गरिनेछ।
भारतसँग जोडिएका सिमानामा विशेष निगरानी बढाइएको छ। शंकास्पद गतिविधि, अवैध सामग्री ओसारपसार तथा चुनाव प्रभावित गर्ने कुनै पनि गतिविधि हुन नदिन कडाइका साथ जाँच गरिने प्रशासनले जनाएको छ।
स्थानीयवासीलाई अनावश्यक आवतजावत नगर्न तथा प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।
मतदान सम्पन्न भएसँगै सिमाना पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।
प्रशासनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आचारसंहिता पालना गर्न पनि अपिल गरेको छ।