सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरगंज २८ बगही वस्ने वर्ष ४५ को राम सुरेश सहनी रहेका छन ।
प्रहरी चौकी गण्डकबाट नियमित डिउटीमा रहेको चेकिंग टोलीले उनको कम्मरभन्दा माथि शरीरमा आकासे रंगको प्लाष्टिक भित्र कालो धागोले सिलाइ गरी सेतो टेपले बेरी लुकाइएको अवस्थामा करिब ४ किलो ५० ग्राम लागुऔषध गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
बरामद लागुऔषधसहित सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ ।