सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबंधित लागूऔषध अफीम सहित तिनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा बीरगंज वडा नम्बर ११ बस्ने वर्ष ३२ को जौवाद अहमद,बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३८ को निलेश पटेल कुर्मी र बिन्दावासनी गाउपालिका वडा नम्बर २ बस्ने ४८ को शेषनाथ चौरसिया रहेका छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला बारा प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवा स्थित पतञ्जली बाट नकटुवा तर्फ जादै गरेको BR01CL6079 नम्बरको कारलाई रोकी चेक जाँच गर्दा पछाडीको सिट माथी कालो प्लष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम (२ दुई पोका) ओसार पसार गर्दै गरेको अवस्थामा तिनैजनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
तिनैजनालाई लागू औषध अफिम सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।