सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । पर्साका सिमानाका बाट हुने भन्सार छली तथा लागुऔषध ओसार पसार नियंत्रण गर्न सशस्त्र प्रहरी पर्साले अभियान नै चलाएर सक्रियता बढाएको छ ।
नेपाल बाट भारत तर्फ हुने गरेको लागुऔषध गाँजा र चरेसको तस्करी तथा भारतबाट नेपाल तर्फ हुने गरेको प्रतिबंधित ट्याबलेट,ब्राउन सुगर लगाएतको लागुऔषधको नेक्सस तोडन् सशस्त्र प्रहरी बल पर्सा सक्रिय भएर लागेको छ ।
सशस्त्र प्रहरी बल पर्साले धमाधम लागुऔषध पक्राउ गरिरहेको छ । विषेश सुचना तथा सिमाक्षेत्रमा कडा निगरानीले सशस्त्र प्रहरीले एकसाताको अन्तरालमा सयौं किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
पौष ९ गते हिजो मात्र विन्दबासिनी गापा-५ प्रसौनिभाठा स्थित धुताहा खोलाबाट १२० किलो प्रतिबन्धित गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ।
गत मंसिर महिनामा मात्र पर्साका विभिन्न स्थानहरुबाट ३ सय २३ किलो प्रतिबन्धित गाँजा बरामद गरि प्रहरीलाई बुझाएईको सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टले जानकारी दिए ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगंजबाट खटिएको टोलीले वीरगंज १६ ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोरा भित्र राखेको ७३८ फायल (११०६८ गोटा ट्याब्लेट) नाईट्राभेट (NITRAVET-10) प्रतिबन्धित लागु औषध बरामद गरि आवश्यक कारवाहिको लागि प्रहरी चौकी ईनर्वामा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।
सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा नियमित गस्ती, चेकजाँच र विशेष अपरेशन सञ्चालन गर्दै लागुऔषध ओसारपसारमा संलग्न व्यक्ति तथा समूहविरुद्ध कडा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।