लागूऔषध :

२ सय ४० किलो चरेससहित पर्सामा दुई जना पक्राउ

सोमबार, पुस ७, २०८२

वीरगञ्ज ।पर्सा प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेससहित दुई जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्ति तथा बरामद सामग्री सार्वजनिक गरेको हो । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा २ सय ४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो रहेका छन् । उनीहरू वीरगञ्ज महानगरपालिका क्षेत्र हुँदै जगरनाथपुरबाट चरेस ओसारपसार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट ना ३ ख ५०९३ नम्बरको ६ चक्के ट्रकसमेत बरामद गरेको जनाएको छ । एसपी पाठकका अनुसार बरामद चरेस कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । साथै घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धानलाई तीव्र बनाइएको छ ।

पक्राउ परेकाहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय