Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

पर्सा प्रहरीद्वारा एक महिनामा करोडौको राजस्व छलीका समान बरामद

दुई सय फरार अभियुक्त पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले एक महिनाको अवधिमा भन्सार छलि भित्रयाईएको ७ करोड ६० लाखभन्दा बढी मूल्यका मालसामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार सार्वजनिक गरेको मंसिर महिनाको कार्यप्रगति विवरणअनुसार जिल्लाका विभिन्न स्थानबाट कुल ७ करोड ६१ लाख ५० हजार ८३७ रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिइएको हो।

उक्त अवधिमा प्रहरीले लागू औषधतर्फ गाँजा ५ क्वीन्टल २९ किलो १०३ ग्राम, चरेस १० किलो २०० ग्राम, ब्राउन सुगर ५६ ग्राम र टामाडोल ७६ हजार १७० ट्याब्लेट बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले जानकारी दिए।

यसैगरी, मंसिर महिनामै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका २ सय जना अभियुक्तलाई पनि जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्