सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । वीरगंजको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गहवामाई मन्दिर परिसर पुनः सौन्दर्यकरण गर्ने काम सुरु भएको छ।
गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भएपछि परिसर अस्तव्यस्त बनेको थियो।
तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगंज महानगरपालिकाले पुनः व्यवस्थापनको काम आजबाट अघि बढाएको हो ।
गहवामाई मन्दिर वीरगंजको प्रमुख धार्मिक आस्थाको केन्द्र भएकाले यसको संरक्षण, सुरक्षा र सौन्दर्य कायम राख्नु आवश्यक रहेको हुँदा बिहानैबाट काम सुरु गरिएको हो ।
स्थानीयवासी तथा भक्तजनहरूले लामो समयदेखि मन्दिर परिसरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन माग गर्दै आएका थिए ।
पुनः सुरु गरिएको यस सौन्दर्यकरण कार्यले मन्दिर क्षेत्रको धार्मिक महत्व जोगिनुका साथै श्रद्धालुहरूलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ ।