सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको छ।
महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी तथा सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाबीच उद्यान क्षेत्रमा रहेका अस्थायी संरचनाहरू हटाउने काम भइरहेको छ।
सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापनलाई सुदृढ बनाउने तथा उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले खाली गराउने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। हालसम्म कुनै अप्रिय घटना नघटेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि जनाइएको छ।
महानगरपालिकाका अनुसार बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि व्यवस्थित, सुरक्षित र आकर्षक स्थलका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको छ। सोही अनुरूप आवश्यक संरचनागत सुधार र व्यवस्थापनका कामहरू चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिइएको छ।
खाली गराउने कार्य अझै जारी रहेको छ। बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीहरूले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले चालेको कदमलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।