समसामयिक :

७६ हजार पिस प्रतिबंधित लागुऔषध ट्रमाडोल सहित चारजना पक्राउ

शनिबार, मंसिर २७, २०८२

वीरगंज । पर्सा प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपलिक– २४, रामगढवाका २० वर्षीय युवराज पटेल, सोही ठाउँ बस्ने २१ वर्षीय अफजल देवान, धादिङ बेनीघाट रोराङ गाउँपालिका– ६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिद्धलेख गाउँपालिका– ७ का १९ वर्षीय राजकुमार मगराती रहेको पर्सा प्रहरीले जनाएको हो । 

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको क्युआरटी टोलीले प्रतिमाचोकको टिकट काउन्टरअगाडि रोकिएको बागमती प्रदेश ०८-००१ ज ०११७ नम्बरको इभी गाडीलाई चेकजाँच गर्दा रातो र गुलाबी रंगको सुटकेसभित्र ट्रामाडोल फेला परेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

उनका अनुसार बरामद भएको गाडीमा ६० हजार ५३० पिससहित दुईजना पक्राउ परेका थिए । 

यस्तै, वीरगन्ज महानगरपालिका– २४, रामगढवामा डेराकोठा लिएर बस्दै आएकाले त्यहाँ खानतलासी गर्दा काटुनबाट थप १५ हजार ६४० पिस गरी ७६ हजार १७० पिस सहित यसमा संलग्नसहित चारजना पक्राउ परेका हुन् । 

उनीहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय