राजनीति :

जसपा पर्साद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस

बिहीबार, मंसिर २५, २०८२

पर्सा – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

पर्साका पार्टी अध्यक्ष सिहांसन साहको अध्यक्षता तथा पार्टीका सह-महासचिव प्रदीप यादवको विशेष उपस्थितिमा वीरगंजस्थित पुजन होटलमा बसेको बैठकले पर्साका ४ वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरूको नाम पार्टीमा सिफारिस गरेको हो।

जसपाले पर्साका ४ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ एक–एक जनाको मात्र नाम सिफारिस गरेको छ।

पर्सा क्षेत्र नं. १ मा प्रदीप यादव, क्षेत्र नं. २ मा प्रेवबाबु पटेल, क्षेत्र नं. ३ मा जनार्धन प्रसाद यादव र क्षेत्र नं. ४ मा तवरेज अहमदको नाम सिफारिस गरिएको जनता समाजवादी पार्टी पर्साले जनाएको छ।

बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम समेत सिफारिस गरेको छ। जसअन्तर्गत क्षेत्र नं. १ मा नेकमहमद अन्सारी, नुर आलम अन्सारी, उमेशलाल साहनी, पवन पञ्जियार, कम्मु मानान्धर र रबैदा खातुन गरी ६ जनाको नाम सिफारिस गरेको छ।

त्यसैगरी, क्षेत्र नं. २ मा नागेन्द्र प्रसाद यादव, हरेन्द्र प्रसाद चौरसिया र बैजन्ती माला गरी ३ जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं. ३ मा समानुपातिक तर्फ सलमा खातुनको एकल नाम सिफारिस गरिएको छ।

यता, क्षेत्र नं. ४ मा पनि रम्बा यादवको एकल नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको जसपा पर्साले जनाएको छ।

प्रत्यक्ष तर्फ चार वटै क्षेत्रमा एकल नाम सिफारिस भएको कारण सिफारिस परेका नेताहरुलाई टिकट पाउँने पक्का रहेको जपसा पर्साका नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय